Section 17A
पुरातात्विक वस्तुको संरक्षण :

(१) निजी स्वामित्वको पुरातात्विक वस्तु बाहेक अन्य पुरातात्विक वस्तु जुनसुकै ठाउँबाट प्राप्त भए तापनि पुरातत्व विभागको संरक्षणमा रहनेछ ।

(२) उपदफा (१) बमोजिम पुरातत्व विभागको संरक्षणमा रहेको पुरातात्विक वस्तु कुनै परम्परागत जात्रा, पर्व वा उत्सव चलाउन निश्चित अवधिको लागि प्रमुख जिल्ला
अधिकारीको सिफारिशमा जमानत लिई पुरातत्व विभागले दिन सक्नेछ ।